प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषद विस्तार र सरकारले लागू गर्ने साझा कार्यक्रमका विषयमा छलफल भएको थियो ।

timthumb.php_-7मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइले जनतामा नकारात्मक सन्देश जाने भन्दै उनीहरुबीच चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सहमति भएको छ । यसैगरी, दुई शीर्ष नेताबीच भएको भेटवार्तामा जनतालाई राहत दिने कार्यक्रम सार्वजनिक गर्नेबारेमा पनि छलफल भएको बताइएको छ ।