नुवाकोट, २४ साउन
गोर्खाबाट काठमाडौंका लागी उडेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलका अनुसार नुवाकोटको मदानपुर–९ पाखुरेस्थित बेतिनिको जंगलमा दुर्घटना भएको अवस्थामा हेलिकप्टर फेला परेको छ ।Jomsom-Muktinath

हेलिकप्टरमा ५ यात्रु र एक जना पाईलट थिए । नाइनएन एकेए साइन भएको हेलिकप्टर १२ बजेर १२ मिनेट पछि नुवाकोटको आकासबाट सम्पर्क विहिन भएको थियो । गोर्खाको सिर्दिवासबाट गर्भवती महिला लिएर सो हेलिकोप्टर काठमाडौंका लागि उडेको थियो ।

अहिले घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारीसहितको टोली जादैछ । प्रहरीको टोली पनि घटनास्थल पुग्न लागेकाले त्यसपछि मात्रै थप विवरण आउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।।