काठमाण्डौ, २४ साउन
साउदीबाट २ नेपाली महिलाको उद्धार गरिएको छ । नेपाली राजदुतावास रियादले दुई जना महिलालाई उद्धार गरि नेपाल फर्काएको हो ।
भोजपुरको देवानटार ६ की नैनामाया राई र चितवनको जगतपुर ९ की सुकमाया परियारलाई उद्धार गरि स्वेश फर्काएको हो ।download
ति २ महिला आइतबार एयर अरेवियाको उडान नं न्ढज्ञछद्द मार्फत नेपाल आएका छन् ।

नैनामायालाई दलाल शान्ता राईले र सुकमायालाई बिरबहादुर बिकले घरेलु कामका लागि साउदी पठाएको खुलासा भएको छ ।

त्यस्तै समस्यामा परेका १२ जना राजदूतावासको सेल्टरमा र घरेलु कामदार शाखामा १३ जना गरि २५ जना महिला घर फर्किने प्रक्रियामा छन् । यसरी समस्यामा पर्ने नेपालीको संख्या दैनिक बढिरहेको राजदूतावासले जनाएको छ ।।