प्युठान, २४ साउन । प्युठानमा गाडी तोडफोड भएको छ । नेपालगञ्जबाट रोल्पाको लिबाङका लागि छुटेको सनराइज यातायात संघको भे १ ज ७५२ नम्वरको टाटा सुमो गाडी गोठीबाङ–२ जुरापाटामा तोडफोड भएको हो । तोडफोडबाट गाडीको अगाडी पट्टिको सिसा फुटेको छ ।
यसैविच, प्युठान प्रहरीले गाडी तोडफोडमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । उनीहरु इलाका प्रहरी कार्यालय भिङ्ग्रीको नियन्त्रणमा रहेको प्यूठानका डिएसपी रन्जीतसिंह राठौरले जानकारी दिनुभएको छ ।
नेपालगञ्ज–लिबाङ रुटमा औपचारिक रुपमा गाडी सञ्चालनमा ल्याउनको लागि छुटेको गाडी तोडफोड भएको सनराइज यातायात व्यवसायी संघका सचिव राम बहादुर भण्डारीको भनाइ छ ।।











