सागर थापा

दाङ, २३ साउन । यातायात व्यवस्था कार्यलय तुलसीपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको परीक्षा सकिएको छ । साउन १५ गतेदेखि शुरु भएको मोटरसाइकल, र स्कुटरको चालक अनुमति पत्रको प्रयोगात्मक ( ट्रायल ) परीक्षा आइतवार सकिएको छ । यस सँगै यो चरणको सवारी चालक अनुमति पत्रको परीक्षा सकिएको छ ।

13977888_1678148312510243_1314807840_oयस चरणको सवारी चालक अनुमति पत्रका लागि करीव ६ हजारभन्दा वढीले आवेदन दर्ता गराएका थिए । जसमध्ये लिखित परीक्षामा झण्डै पाँच हजार तीन सय जना उर्तीण भएका थिए भने सो मध्ये करीव पाँच हजार एक सयजना प्रयोगात्मक ( ट्रायल ) परीक्षामा सहभागीता जनाएकोे यातायात कार्यालय तुलसीपुरका प्राविधिक नित्यस्वर राययादवले बताउनुभयो ।