काठमाण्डौ, २२ साउन
जागिर लगाइदिने भन्दै बंगलादेश पु¥याइएका ४६ नेपाली अलपत्र परेका छन । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा राजधानी ढाका पु¥याएर ४६ नेपालीलाई अलपत्र छाडेपछि ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको छ । ba

बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई गत जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पु¥याएका थिए । ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैयाँ अशुल गरेको बताइएको छ ।
ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिएर जानेहरुसमेत छन् । नेपालीलाई बिचल्ली पार्ने ती मानव तस्करलाई ढाका प्रहरीले पक्राउ गरेको छ । ढाका प्रहरीले उनीहरुको गैरकानुनी हैसियतबारे नेपाली दूतावासलाई जानकारी गराएपछि उनीहरु अलपत्र परेको जानकारी भएको हो । उनीहरुलाई दूतावासकै रेखदेखमा ढाकामा राखिएको छ ।।