दाङ, २० साउन
तुलसीपुर–८ को कृष्ण मन्दिरमा सामुहीक लघु रुद्री पाठ कार्यक्रम हुने भएको छ । कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही साउन २५ गते सामुहीक लघु रुद्री पाठ कार्यक्रम राखिएको व्यवस्थापन समितिका सचिव जितबहादुर खड्काले जानकारी दिएका छन् ।
त्यसैगरी सो कार्यक्रममा उपस्थितिका लागी आयोजकले सम्पूर्ण आजिवन सदस्य तथा श्रद्धालु भक्तजनहरु लाई अनुरोध गरेको छ ।
साथै सामुहीक लघुरुद्री पाठगर्न इच्छुक व्यक्तिले व्यवस्थापन समितिका सचिव जितबहादुर खड्कालाई सम्पर्क गर्न समेत समितिले विज्ञप्ती मार्फत सवैमा आग्रह गरेको छ ।।











