बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् । पूर्वमेयर सिंहले प्रयोग गर्ने लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल गोरुसिङ्गे जंगलभित्र फेला परेको छ । मोटरसाइकल जंगलमा फेला परेपनि ६५ वर्षका सिंहको अवस्था भने अझै अज्ञात छ ।

प्रहरीले उनको खोजी कार्यलाई तीब्र पारेको छ । मोटरसाइकल शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र रोकिराखेको अवस्थामा फेला परेको थियो । उनको खोजीमा तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सिंह शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए ।