सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख। १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडाबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको हो ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् ।

दुर्घटनाको समयमा गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन। तर नदीबाट एक जना वृद्धको सकुशल उद्धार गरिएको छ ।