काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापाले शपथ लिएका छन्। शिक्षा मन्त्री पोखरेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।











