इन्द्रेणी संवाददाता
तुलसीपुर, ६ बैशाख
प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारहरु राष्ट्र र समाजप्रती जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । संजिबनी बिकास केन्द्र द्धारा संचालित रेडियोसंजिबनी तुलसीपुरको आयोजनामा संचालित पत्रकारीता,उद्घोषण एवं प्राबिधिक तालिमको आइतवार उद्घाटन गर्दै प्रमुख अथिती शर्माले पत्रकारहरुराजनितिक दलको निहीत स्वार्थमा अल्झीन नहुने बताउनुभयो ।
पत्रकार समाजको ऐना बन्नुपर्नेमा जोड दिदै सत्य र तथ्यको सधै पक्षमा हुनुपर्ने बताउनुभयो । पत्रकारीता क्षेत्रको बिकासका लागि संचारमाध्यमको बर्गीकरण हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले आफुले सीकेको सिपलाई इमान्दारीता पूर्बक कार्यान्वयन गर्न तालीमका सहभागीलाई आग्रह गर्नुभयो ।
नागरीक समाज दाङका संयोजक टीकाराम रेग्मीले शुद्धभाषा बोल्न र स्पस्ट शब्दमा उच्चारण रेडियोमा आबस्यक पर्ने बताउनुभयो । तालिममा ५० जनाको सहभागीता रहेको छ ।।