काठमाडौँ । इरानको सर्वोच्च नेतामा मोज्तबा खामेनी चयन भएका छन् । मोज्तबा अमेरिकी र इजरायली आक्रमण मारिएका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनीका छोरा हुन् ।
सर्वोच्च नेताको जाँच र छनोट गर्ने जिम्मेवारी पाएको इरानको विशेषज्ञ सभाले सोमबार घोषणा गर्यो सटीक र व्यापक छलफल पछि मोज्तबालाई सर्वोच्च नेताका रुपमा छनोट गरेको हो।
मोज्तबाकी बहिनी र अन्य धेरै आफन्तहरू उनका बाबु आयतोल्लाह अली खामेनीसँगै अमेरिका र इजराइलको आक्रमणमा मारिएका थिए ।











