काठमाडौँ । भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय बाहिर आइसकेको छैन ।

जेनजी प्रदर्शनमा ७६ जनाको ज्यान गएको थियो भने सिंहदरवार, सर्वाेच्च अदालतलगायत देशका सबैजसो सरकारी अड्डा तथा कार्यालयहरुमा आगजनी गरिएको थियो ।