काठमाडौँ । रङहरूको पर्व फागु अर्थात् होली आज तराइँका जिल्लाहरुमा हर्षोल्लाससाथ मनाइदैछ ।
आपसी मेलमिलाप र सद्भावसाथ मनाइने होली रङमा रमाउँदै हर्षोल्लाससाथ मनाइदै छ । यो पर्व एक आपसमा रङ लगाएर शुभकामना आदानप्रदान गरी मनाइने गरिन्छ ।
हिजो हिमाली र पहाडी जिल्लाहरुमा यो पर्व मनाइएको थियो । आज तराइँका जिल्लामा मनाइएसँगै यस वर्षको होली पर्वले एक वर्षसम्म विदाइ लिनेछ ।











