इन्द्रेणी संवाददता
दाङ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब १७ दिन बाँकी छन् । आजदेखि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरुलाई औपचारिक रुपमा चुनावी प्रचार प्रसारको अनुमति दिएको छ । फागुन १८ गतेसम्म गर्न पाइने प्रचार प्रसारमा पनि आयोगले समय तोकेको छ ।
निर्वाचनका लागि दल वा उम्मेदवारले चुनावी आमसभा, कोणसभा जुलुस तथा कार्यक्रम विहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने आयोगले राजनीतिक दललाई दिएको निर्देशन पत्रमा उल्लेख छ । निर्देशनको १९ नम्बर बुँदामा दल तथा उम्मेदवारले चुनावी जुलुस, सभा तथा कार्यक्रम गर्दा विहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न लाइने बताइएको छ । साथै कार्यक्रम तथा जुलुस गर्दा दलको चुनाव चिह्न अंकित लोगो वा टिसर्ट, टोपी, गम्छा, कास्क, लकेज, व्याच केही पनि प्रयोग गर्न नपाइने उल्लेख छ । त्यस्तै चुनावी प्रचार प्रसारमा बालबालिका पनि प्रयोग गर्न पाइने छैन ।
पूरा निर्देशिका पढ्न यहाँ क्लिक गर्नुहोस्
निर्वाचन आयोगको ६४ बुँदे निर्देशन











