काठमाण्डौ, १९ साउन
वन मन्त्रालयले रौतहटका प्रमुख वन अधिकृतसहित ६ जना कर्मचारीलाई काजमा फिर्ता बोलाएको छ ।

Ministry of Forests and Soil Conservationइलाका वन कार्यालय धन्सारअन्तर्गत्को वन क्षेत्रमा तीन साताअघि २० ओटा हरियो सालको रुख काटिएपछि वन मन्त्रालयले जिल्ला वन अधिकृत भगवान गुप्ता, सहायक वन अधिकृत शुभनारायण यादव र रामकेवल यादवलाई वन मन्त्रालयमा हाजिर हुन काज सरुवा गरेको हो ।

यस्तै, जमदार ग्यासुदिन देवान, राजदेव कुसवाह र वनरक्षक वीरेन्द्र तिवारीलाई पनि वन विभागमा हाजिर हुन काज सरुवा भएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

त्यसक्षेत्रमा वन फडानी भएको समाचार सार्वजनिक भएपछि वन मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।।