दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
सोमबार बिहान साढे ८ बजे घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका १६ सेवाखोलामा दुर्घटनामा परी मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र पछाडी सवार तुलसीपुर उपमहानगरपालिका १७ झिंगेका ३९ वर्षीय कमल वलीको ज्यान गएको हो ।
घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.प्र ०२-००१ प ११०२ मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलाको निर्माणधीन पुलबाट खसेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराले जनाएका छन् ।











