घोराही । नेपाली कम्युनिस्ट पार्टी दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार निर्मल आचार्यले आठौँ घोराही मेयर रनिङकप फुटबल प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीलाई बधाई तथा सम्मान गरेका छन् ।
इराक घर्तीको नेतृत्वमा विजेता बनेको वडा नम्बर १३ र बिक्रम राणाको नेतृत्वमा उपविजेता बनेको वडा नम्बर ३ का खेलाडीहरूलाई विशेष सम्मान गर्दै आचार्यले खेलकुदले युवामा अनुशासन, एकता र सकारात्मक ऊर्जा विकास गर्ने बताए। “खेलकुद क्षेत्रले समाजलाई स्वस्थ, अनुशासित र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्छ। युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न स्थानीय तह र राज्यले थप लगानी र प्रोत्साहन गर्न आवश्यक छ।” उनले भने ।
माघ ४ गतेदेखी १६ गतेसम्म आयोजना भएको प्रतियोगितामा विजेता हुने वडाको टिमले नगद एक लाखसहित शिल्ड, मेडम, प्रमाणपत्र, उपविजेता हुने वडाको टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । नवलपर खेल मैदानमा सम्पन्न प्रतियोगितामा पालिका भरका १९ वटा वडाको सहभागिता रहेको थियो











