काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा दिएका छन्।
उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा पत्र बुझाए ।
राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख छ । उनी करिव १५ महिनाको मेयर पदमा विताएर रास्वपामा प्रवेश गरेका छन् ।
रास्वपाले बालेनलाई आगामी निर्वाचनमा उम्मेदवार बनाउने र पछि बन्ने सरकारमा प्रधानमन्त्रीमा अगाडि सार्ने यसअघि नै निर्णय गरिसकेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा मेयर पदमा उदायका बालेन अन्तमा राजनीतिमा हाम फालेका छन् ।











