दाङ । दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ बर्षिय केशवराज खनाल मृत फेला परेका हुन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार खनाल आफू सुत्ने कोठामा खनाल मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खनालले आत्महत्या गरेको हुन सक्ने आशंका गरएको छ ।