दाङ । स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले जिल्लामा ४७१ जना एचआइभी सङ्क्रमित रहेको देखाएको छ ।
सङ्क्रमितमध्ये २२७ जना पुरुष, २३६ जना महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र अठार जना बालबालिका रहेका छन् ।
चालु आर्थिक वर्षको चालुआर्थिक वर्षको पाँच महिनामा जिल्लामा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएसँगै जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४७१ जना पुगेको स्वास्थ्य कार्यालय दाङ एचआइभी कार्यक्रमका फोकल पर्सन कुन्दन ठाकुर जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० मा दाङमा ३९४ सङ्क्रमित रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा सङ्क्रमितको सङ्ख्या ४५८ पुगेको थियो । नयाँ थपिने क्रम नरोकिएसँगै दाङमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । जिल्लामा एचआइभी सङ्क्रमितले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालबाट उपचार सेवा लिने गरेका छन् ।











