काठमाडौँ । भदौ २४ को जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि आशिंक रूपमा काम सञ्चालन गर्दै आएको सर्वोच्च अदालतले आजदेखि पूर्णरूपमा काम सञ्चालन गरेको छ ।
सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ । जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए ।











