काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । विभिन्न पार्टीहरूबीचको एकता र बहसका कारण मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै नेकपा मोर्चाबाट अलग भएको हो ।
महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी दिएका हुन् । “२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्यो । तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन”, विज्ञप्तिमा भनिएको छ ।












