कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा गएराती एक जनाको घाँटी रेटी हत्या गरिएको छ । मदिरा सेवन गरेका तीन जनामध्ये आपसी विवादका क्रममा दुई जनाले एक जनालाई घाँटी रेटी हत्या गरेका हुन् ।

सँगै मदिरा सेवन गरिहेको बेला उनीहरुबीच विवाद हुँदा गएराति ११ बजेतिर केशरबहादुर बुढाको घाँटी रेटेर हत्या भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताएका छन् ।

सोही वडाका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले हत्या गरी टाउँको लिएर सोही वडाको प्रतिखेतमा रहेको अस्थायी प्रहरी पोष्ट पुगेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुवैलाई पक्राउ गरिएको छ ।