अर्घाखाँची । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सदरमुकाम सन्धिखर्कबाट गुल्मीको मदाने जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप बिहान करिब साढे ३ बजेतिर सन्धिखर्क ९ टारीमा दुर्घटना भएको थियो ।
दुर्घटना परी गुल्मीकी वर्ष १० की अरुणा थापा र वर्ष १३ का नारायण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सूचना अधिकारी इन्सपेक्टर झलक शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई बुटवल रिफर गरिएको छ । अन्यको उपचार अर्खाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको छ ।
