इन्द्रेणी संवाददाता
दाङ । आज विहान राप्ती राजमार्ग अन्गर्तत दाङ सल्यानको सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाउने तीनै जनाको परिचय खुलेको छ । दुर्घटनामा परी मर्नेहरुमा रुकुम पश्चिम बाँफिकोट ५ का प्रकाश केसी, पबी केसी र शशीधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रुकुमबाट दाङतर्फ जादै यरेको लु २ ख ६५०२ नम्बरको गाडी रिजर्भ आज आइतबार विहान सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रेशम खत्रीले जानकारी दिए । उक्त गाडीमा सवार अन्य दुई जना घाइते छन् । गाडी चोरखोला भन्ने ठाउँबाट सडकबाट करिब ३०० मिटर तल खसेको छ ।
