काठमाडौं । कांग्रेसभित्र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै आएकाबेला कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी असोज २६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका छन्। सूचनामा पार्टीका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको छ।

भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि कांग्रेसले पहिलो पटक पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।