इन्द्रेणी संवाददाता
दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान खण्डको चोरखोलामा माइक्रोबस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना पुरुष र एक महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।
रुकुमबाट दाङ तुलसीपुरका लागि छुटेको लु २ ख ६५०२ नम्बरको माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।
उनीहरुको तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ । घटनास्थलमा अहिले उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ । उद्धारको काम भइरहेकाले घटनाको सबै विवरण आउन बाँकी छ ।











