काठमाडौँ । नेकपा माओवादी केन्द्रले हाल कायम केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् ।

त्यसैगरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत प्रचण्डले अघि सारेका छन् । केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै अध्यक्ष प्रचण्ड संयोजक बनेका हुन्। पदाधिकारीसहित केन्द्रीय समिति सदस्य महाधिवेशन आयोजक समिति सदस्यमा रूपान्तरित भएका छन्।

२०७८ पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। उपमहासचिव जनार्दन शर्माले केही समयदेखि विशेष महाधिवेशनको आवाज उठाउँदै आएका थिए। तर विशेष महाधिवेशनबारे बहस उठे पनि अध्यक्ष प्रचण्डले त्यसमा रूचि देखाएका थिएनन्।