दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जितेन्द्र शाहको राजीनामा स्वीकृत भएको छ । केही महिना अघि अध्यक्ष शाहले दिएको राजीनामा घोराही उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । योसँगै शाह अध्यक्ष पदबाट हटेका छन् ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा पार्टीको तर्फबाट अध्यक्षमा विजयी भएका थिए । अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष केही महिना अघि राजीनामा बुझाएका थिए ।
शाह अध्यक्ष पदबाट हटेसँगै वडाको कार्यवहाक अध्यक्षको जिम्मेवारी वडा सदस्य चुडामणि चौधरीलाई तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
एमालेबाट वडाध्यक्षमा निर्वाचित भएर एमालेकै विरुद्ध गतिविधि गरेको भन्दै केही समय पहिले शाहलाई एमाले पनि कारवाही गरेको थियो ।











