दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले नजिकिँदै गरेको नेपालीहरूको महान चाडपर्वलाई मध्यनजर गर्दै शनिबार पनि बजार खुला रहने निर्णय गरेको छ।
संघले सार्वजनिक गरेको विज्ञप्तिमा साउन ३१ गतेदेखि छठ पर्वसम्मका दिन शनिबारमा समेत पसल तथा व्यवसाय सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।
संघका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण उद्योगी–व्यवसायीलाई मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरिएको छ ।
चाडपर्वको समयमा उपभोक्ताहरूलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन र बजारमा भीड व्यवस्थापनका लागि शनिबार पनि व्यवसाय सञ्चालन गर्न निर्णय गरेको संघले जनाएको छ ।










