बाँके । बाँकेमा लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली चलाएर नेपालगञ्ज उपमहानगरपालिका ४ मा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् । प्रहरीले गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनको दायाँ खुट्टाम गोली लागेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली चलाएको प्रहरीले जनाएको छ । इँटा प्रहारबाट एक जना प्रहरी घाइते भएका छन् ।