(230813) -- KATHMANDU, Aug. 13, 2023 (Xinhua) -- The Kathmandu Valley is pictured after rains, from the southwest of the valley, in Kathmandu, Nepal, Aug. 12, 2023. (Photo by Hari Maharjan/Xinhua)

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।

बिहीबार बिहान देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर साधरणतया बदली रहनेछ। मधेश प्रदेशलगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।