काठमाडौं । चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं छुटेका छन् । सोमबार पाटन उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि २८ लाख बुझाएर प्रसाईं छुटेका हुन् । घटनापछि भागेर भारत पुगेका प्रसाईंलाई प्रहरीले २६ चैतमा पक्राउ गरी थुनामा राखेको थियो ।
प्रसाईंसँग तीनकुने घटनामा राज्यविरुद्धको कसुरमा तीन लाख र बैंकिङ कसुरमा २५ लाख धरौटी माग भएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले बैंकिङ कसुरको मुद्दामा तथा न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्ध कसुरको मुद्दामा आदेश दिएका हुन् ।
तीनकुनेमा राजावादीको आन्दोलनले उग्ररुप लिएपछि दुई जनाको ज्यान गएको थियो भने करोडौंको क्षति भएको थियो ।











