हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । बानियाँले मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित दावी पेस गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले केही समय अघि मात्रै नयाँ सरकार गठनको लागि आह्वान गरेको थियो । त्यसको लगतै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
