काठमाडौं । अन्तः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ पदबाट राजीनामा दिन तयार भएका छन् । आफूले राखेका सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका हुन् ।
शनिवार पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको लामानिकट प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले बताएका छन् । आइतबार हेटौँडामा मन्त्रीपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने लामाको तयारी छ ।
मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो।











