दाङ। अमेरिकामा सडक दुर्घटनामा परी एक जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा रूकुम पश्चिम वाफिकोट गाउँपालिका–३ का २० वर्षिय ओपेन्द्र बोहरा रहेका छन् ।

बोहरा केही समयअघि मात्रै ग्रिन कार्ड स्वीकृत भएर नयाँ जीवन सुरु गर्ने तयारीमा थिए। तर दुर्घटनामा निधन भएपछि उनको त्यो सपना अधुरो भएको छ ।

विभिन्न समयमा आफ्नो उज्ज्वल भविश्य खोज्दै अमेरिका छिरेका नेपालीहरुको सडक दुर्घटनामा ज्यान जाने गरेको छ । यसले उनीहरुको परिवारलाई दुःखी त गराउछ नै नेपालीमनहरुलाई नै स्तव्ध बनाउने गर्दछ ।