दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना किशोरको मृत्यु भएको छ । सोमबार साँझ रामपुर-घोराही सडकखण्डको सिस्ने खोला नजिकै भएको दुर्घटनामा परी गढवा गाउँपालिका ८ घर भई घोराही उपमहानगरपालिका १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।
दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
रामपुरबाट घोराहीतर्फ आउँदैगरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका –४ सिस्नेखोलामा बेलुका ७ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।










