दाङ। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोलामा आएको पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै चोरखोलामा आएको पहिरोले गएरातिदेखि अवरुद्ध उक्त सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।

अवरुद्ध राजमार्ग खुलेपछि लामो समयदेखि सडकमा रोकिएका गाडीहरू आ–आफ्नो गन्तव्यतिर लागेका छन् । रातिको समयमा काम हुन नसकेको र बिहानदेखि जेसीभीले पहिरो हटाउने काम गरे पनि माथिबाट ढुङ्गा खस्ने कार्य नरोकिएकाले राप्ती राजमार्ग लामो समयसम्म अवरुद्ध भएको थियो ।

सडक खुलेपछि सल्यान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम जाने सवारीका साधनहरु आ–आफ्ना गन्तव्य स्थानमा प्रस्थान गरेको सल्यान प्रहरीले जनाएको छ ।