इन्द्रेणी संवाददाता
दाङ, जेठ ३१ । सभ्यता पाठशालाले विद्यालयमा पहिलोपटक राष्ट्रिय स्तरको अभिनय कार्यशाला आयोजना गर्ने भएको छ। सभ्यता पाठशालाले आयोजना गर्न लागेको पाँचदिने कार्यशाला यही असार ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। कार्यशालामा वरिष्ठ अभिनेता तथा नाट्य प्रशिक्षक भोलाराज सापकोटाले प्रशिक्षण दिनेछन्।
प्रशिक्षक सापकोटा नेपाली रंगमञ्च, चलचित्र तथा टेलिफिल्म क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेका बरिष्ठ कलाकार हुन्। अभिनयको सैद्धान्तिक र व्यावहारिक पक्षमा आधारित प्रशिक्षण उनले दिने सभ्यता पाठशालाले जनाएको छ।
कार्यशालामा सभ्यता पाठशालाका २५ जना विद्यार्थीहरूले भाग लिनेछन्। पाठशालाका प्राचार्य चेतमान घर्तीले कलाकारिता र अभिनयमा रुचि राख्ने विद्यार्थीहरूलाई अवसर दिन उक्त कार्यक्रम ल्याइएको जानकारी दिए।
