दाङ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना स्थित नागेश्वर महादेव पार्वती मन्दिरमा मन्दिर क्षेत्रको चौतर्फी विकासको लागि ज्ञान महायज्ञमा २० लाख दान सङकलन भएको छ ।

सम्पुर्ण हिसाव किताव हुन बाँकी रहेको महायज्ञका आर्थिक समितीका सदस्य यज्ञ केसीले जानकारी दिए । महायज्ञको सम्पुर्ण हिसाव किताव एक हप्ता भित्र सार्वजनिक गरिने उनको भनाइ छ ।

महायज्ञमा मंगलवार समापन गरिएको छ । महायज्ञमा सबै भन्दा बढी दान घोराही १८ मसिना निवासी लालमणि कुँवर र उनकी श्रीमती बसुन्धरा कुवर छोरा अजय कुवर, बुहारी रिचा कुवर छोरी आरती कुवरले स्वर्गिय बुबा लिलाधर कुवर र आमा हिमादेवी कुवरको स्मृतिमा एक लाख दुई हजार पाँच सय पच्चीस रुपैया दान गरेका हुन् ।

मन्दिरको विकासमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको उनको भनाइ छ । मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान विज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती आयोजना गरिएको हो । महायज्ञ यही जेठ ६ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि बजेट नहुदा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञको कथा बाचकमा परशु राम पाण्डेय रहेका थिए । दलित पुजारी भएको एक मात्र मन्दिरमा भौतिक संरचना अपुग भएकाले महायज्ञ आयोजना गरिएको बताइएको छ ।

यसबाट आएको रकमले मन्दिरलाई पूर्णता दिने व्यवस्थापन समितीले जनाएको छ । महामयज्ञमा कथा बाचन भजन कृतन, देविलीला भाँक्री तथा चेतनामुलक नाटक प्रस्तुत गरिएको थियो ।