काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई छुटेका छन् । आयोगले बोलाएको समयमा उपस्थित हुने गरी उनी छुटेका हुन् ।
अख्तियारले भट्टराईलाई हिजो राति कागज गराएर छोडेको हो । उनलाई आज बिहीवार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले हिजो दिउँसो पक्राउ गरेको थियो ।
अख्तियारले अध्यागमनमा छापा हान्ने सूचना पाएपछि गृह मन्त्रालयले हतारहतारमा गंगलबार उनलाई त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखबाट गृह मन्त्रालय तानिएको थियो ।











