बुटवल । नेपाली नाटक विधाको क्षेत्रमा योगदान पुर्‍याउने रुपन्देहीका साहित्यकारलाई नाट्यरत्न २०८२ ले सम्मान गरिएको छ ।

साहित्यकारहरू हेमराज भुसाल, कमल गाउँले, डिल्लीनारायण पाण्डेय, नारायण योगी, शान्तराम गिरी, प्राडा रामचन्द्र पोखरेल, दिल साहनी, झपेन्द्र जिसी, भावना खनाल, डा. नारायणप्रसाद पन्थ र पुष्कर रेग्मी अथकलाई नेपाली नाट्यरत्न सम्मान, २०८२ ले सम्मान गरिएको हो ।

बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले नेपाली साहित्यको श्रीवृद्धिमा नाटककारको योगदान महत्वपूर्ण रहेको बताए ।