
काठमाडौं । नेकपा एमाले सांसद सूर्य थापाले सत्ता साझेदार कांग्रेसलाई गठबन्धनमा समस्या भएको भन्ने लागेको भए विघटन गर्न चुनौती दिएको छ।
आज सोमबारको प्रतिनिधिसभाको विशेष समयमा थापाले बोल्दै दुबै दलको सहमतिमा भएका विषयमा पनि एमालेलाई मात्रै दोषी बनाउन खोजिएको भन्दै कांग्रेसलाई एमालेसँगको सहमति खारेज गर्न चुनौती दिएका हुन् ।
‘विमतिमा एउटै काम भएको छैन। तरै पनि अखबारबाजी भएको देख्छु, एमालेकरण भयो’, थापाले भने, ‘म सोध्न चाहन्छु, कसरी यसो भयो ? यदि संयन्त्रमा, अभ्यासमा समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर खारेज हुन्छ, विघटन गरे हुन्छ। तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार कसैबाट पनि हुनुहुन्न।’
कांग्रेसका बहुमत नेताहरु नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुनमान घिसिङलाई हटाएको असन्तुष्ट छन् ।
