कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर आज बारीमा काम गर्दै गरेकी एक जना गर्भवती महिलाको ज्यान गएको छ ।
शुक्लाफाँटा नगरपालिका १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना समेत घाइते भएका छन् ।











