दाङ, १७ साउन
पत्रकार अर्जुन महराको निधन प्रति विभिन्न क्षेत्रबाट दुख व्यक्त भएको छ । नेपाल प्रेस युनियन दाङले दुख व्यक्त गरेको छ । युनियनका शुभेच्छुक पत्रकार महराको निधनले दाङको सञ्चार क्षेत्रमा क्षेती पुगेको युनियनले उल्लेख गरेको छ ।
युनियन दाङका अध्यक्ष सुशील बस्नेत र सचिव देवेन्द्र बस्नेतले विज्ञप्ती प्रकाशित गर्दै महराको निधनप्रति दुख व्यक्त गर्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
साथै युनियनले शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गरेको छ ।।