काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो।
सोमबारको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार ऊर्जामन्त्री दिपक खड्काले कुलमान घिसिङलाई पदमुक्त गर्ने प्रस्ताव पेस गरेका थिए। त्यसमा प्रधानमन्त्री केपी ओलीले अन्य मन्त्रीहरूको राय सोधे। छलफल क्रममा गृहमन्त्री रमेश लेखकले घिसिङलाई हटाउन नहुने बताएका थिए। यो विषय अदालतसम्म पुगे अदालतले घिसिङलाई फेरि पुनर्स्थापना गर्ने सम्भावना भएकाले सरकारले यस्तो निर्णय गर्न नहुने मन्त्री लेखकको धारणा थियो।











