इन्द्रेणी संवाददाता
दाङ । दाङमा लागुऔषध ब्राउन सुगरसहति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ६ गंगदीखोला बस्ने २८ वर्षका दिपक पुन रहेका छन् । उनलाई प्रहरीले शक्रवार घोराही १७ बाट पक्राउ गरेको हो ।

उनका साथबाट दुई ग्राम १६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई ब्राउन सुगर कारोवार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।