दाङ । बृहत दाङ उपत्यका सिंचाइ आयोजनाले निर्माण गरिरहेको पाइप तोडफोड भएको छ । आयोजना अन्तर्गत घोराही उपमहानगरपालिका–५ धर्नामा निर्माण भइरहको सिद्ध पालुङ डीप बोरिङ सिंचाइको पाइपमा तोडफोड भएको हो ।
बोरिङबाट तानिएको पानीलाई पाइप लाइनबाट किसानको खेत बारीसम्म पु¥याउन जमिन मुनी बिछ्र्याउन राखिएको पाइपहरु तोडफोड भएको सिंचाइ आयोजनाका अध्यक्ष भुमबहादुर गिरीले बताए । तोडफोड गर्ने व्यक्तिको छानविन र कारबाहीका लागि प्रहरीमा उजुरी दिएको भएपनि हालसम्म दोषी पत्ता लाग्न नसकेको अध्यक्ष गिरीले जानकारी दिए ।
सिंचाइ आयोजनाको पाइप तोडफोड भएको केहि दिन अघि मात्रै धर्ना गाउँबाट दुई वटा पानी तान्ने मोटर समेत हराएको थियो । यस्तै पुल निर्माणका क्रममा प्रयोग भइरहेको मोटर हराउनुका साथै डोजरमा रहेको डिजेल समेत रातको समयमा चोरी हुने गरेको स्थानीयको भनाई छ । गाउँमा भइरहेको यस्ता घटनाले गाउँलेहरु हैरान भएका छन् ।
