काठमाडौं । दाङका एक जनालाई प्रहरीले मानव बेचबिखन गरेको कसुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १ का ४१ वर्षीय कमलकुमार न्यौपाने छन्। उनलाई मानव बेचबिखनसम्बन्धी पाँचवटा मुद्दा लागेको अभियुक्तमा पक्राउ गरिएको हो ।

न्यौपालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाल भारत सिमानाबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । न्यौपानेविरूद्ध मानव बेचबिखनका पाँच वटा मुद्दा रहेको र ८ जना पीडित रहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। उनले विदेश पठाइदिन्छु भनेर मानिसहरूसँग मोटो रकम लिएर भारत पुर्‍याउने गरेको पाइएको छ।